१५ लाख दुग्ध किसानले भुक्तानी पाए: प्रधानमन्त्री


  • Himalayan Bank Limited (HBL)
१५ लाख दुग्ध किसानले भुक्तानी पाए: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि रोकिएको दूध र उखु किसानको भुक्तानी उनीहरुले पाएको बताएका छन्।

वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएको बताएका हुन्।

“लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका  छन्। उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड निकासा गरेको थियो”, प्रधानमन्त्री ओलीले भने, “करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन्।”

Read More