काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रूपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा आयात ४.१७ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात समेत ६.११ प्रतिशतले घटेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३८ अर्ब ३७ करोड रूपैयाँको मात्रै वस्तु निर्यात भएको विभागले जनाएको छ । जबकि गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४० अर्ब ८७ करोड ४८ लाख रूपैयाँको वस्तु निर्यात भएको छ ।


