काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता भएको बताए ।
बुधबार मन्त्रालयमा आयोजित ऊर्जामन्त्री खड्काको १०० दिनको उपलब्धिहरू सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै सुख्खायाममा भारतबाट २३० मेगावाट बिजुली आयात गर्न सम्झौता भएको बताए ।


