शेयर बजारमा प्रेसर परे सँगै पूँजीगत लाभकर सङ्कलनमा सरकारलाई ठुलो धक्का लागेको छ। गत असोजमा एक अर्ब पनि लाभकर सङ्कलन नहुँदा ठुलो धक्का लागेको हो।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार गत असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपैयाँ सङ्कलन भएको छ। जुन गत साउन र भदौको तुलनामा असाध्यै न्यून हो। गत साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ सङ्कलन भएको थियो। यसैगरी भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ सङ्कलन भएको थियो। यस अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ७ अर्ब ४० करोडको रुपैयाँ पूँजीगत लाभकर सङ्कलन भएको सिडिएससीले जनाएको छ।





