६ कात्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।
ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा चलाइएका मध्ये तामाङ भने फरार छन् ।



