थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

 थ्रिस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ४९ कराड २५ लाख रुपैयाँको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । उक्त हकप्रदबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि खर्च गर्ने कम्पनीले जनाएको छ । बाँकी १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना ९९ मेगावाटका लागि आवश्यक स्वपुँजीमा लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

Read More