काठमाडौं । नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले घाटामा गएको भन्दै सार्वजनिक संस्थानहरू निजीकरण गर्ने प्रक्रिया थालेको छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको समितिले आठ संस्थान निजीकरण गर्ने प्रक्रिया अघि बढाएको हो ।
अर्थमन्त्री पौडेलको समितिले ग-यो निजीकरण सिफारिस
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानको निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले संस्थानहरूको निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।



