पछिल्लो तीन महिनामा करिब ६२ करोड रूपैयाँ बराबरको हरित कर संकलन भएको छ।
कार्बनको न्यून उत्सर्जन र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यका लागि भन्दै सरकारले चालु वर्षको लागि ल्याइएको बजेटबाट हरित करको व्यवस्था गरेको थियो।
पहिलो वर्ष सीमित वस्तुहरूमा भन्सार विन्दुबाटै हरित कर संकलन गर्न सुरू गरिएको हो।
भन्सार विभागका अनुसार असोज मसान्तसम्म ६१ करोड ८० लाख रूपैयाँ हरित कर संकलन भएको छ।



