५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई वातावरणमैत्री बनाउने उद्देश्यले ‘ग्रिन फाइनान्स ट्याक्सनोमी-२०२४’ जारी गरेको छ ।
वातवरणमैत्री कर्जा लगानीको गर्दा आवश्यक सन्दर्भ सामग्रीको रूपमा उक्त दस्तावेज ल्याएको जनाएको छ ।
नेपालको हरित वित्त प्रणालीको रूपरेखा कस्तो हुने हरित वित्त गतिविधिलाई कसरी वर्गीकरण गर्ने र लगानीको रूपरखा कस्तो हुने विषय उक्त दस्तावेजमा समावेश छ ।



