पठाओ कार रेन्टल सुरु, ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने


  • Himalayan Bank Limited (HBL)
पठाओ कार रेन्टल सुरु, ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने

राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा “पठाओ कार रेन्टल”सुरू गरेको छ ।  यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् ।

हाल काठमाडौंमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत  मिल्ने कम्पनीकी निर्देशक सुरक्षा हमालले जानकारी दिइन् ।

रेन्टल सेवा लिनका लागि  ग्राहकले कम्तीमा एक घण्टा अघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दुरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने  कम्पनीले जनाएको छ ।

Read More