भारतले नेपाली उद्योगीक उत्पादनको निर्यातमा असहयोग गरेपछि दुग्ध आयातमाथिको प्रतिबन्ध हटाउन नेपाल सरकार बाध्य भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल दुग्धमा आत्मनिर्भर भएको भन्दै आयातमा प्रतिबन्ध लगाएपछि भारतले पनि नेपालबाट हुने निर्यातलाई असहयोग गरेको हो।
भारतले ब्युरो अफ इन्डियन स्ट्याण्डर्ड (बिआइएस) प्रमाणपत्र दिन आनाकानी गरिरहेकाले नेपालबाट जुत्ता, सिमेन्ट, स्यानिटरी प्याद लगायतका बस्तुहरु भारत निर्यात हुन सकेको छैन।


