बैंकहरुको कर्जाका ब्याजदर साढे ९ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार भदौ महिनामा बैंकहरुको कर्जाको औसत ब्याजदर ९.५२ प्रतिशतमा झरेको हो।
अहिले बैंकहरुको औसत आधा दर ८ प्रतिशतमा झरेको छ। बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन्। तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। यसले गर्दा बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो। यो कोभिड पछिको सबैभन्दा सस्तो ब्याजदर हो।
अहिले अधिकाँश बैंकको आधार दर ८ प्रतिशतभन्दा तल झरेको छ। बैंकहरुले २ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिँदा पनि एक



