साना तथा मझौला व्यवसाय सशक्त बनाउन टिकटकको कार्यशाला


  • Himalayan Bank Limited (HBL)
साना तथा मझौला व्यवसाय सशक्त बनाउन टिकटकको कार्यशाला

काठमाडौं। नेपालमा साना र मझौला व्यवसाय (एसएमबिज) लाई सशक्तीकरण गर्ने उद्देश्यले टिकटकले काठमाडौंमा कार्यशाला सम्पन्न गरेको छ । ‘ह्यासट्याग ग्रो विथ टिकटक मास्टरक्लास’ नामक कार्यशालाले व्यवसाय बढाउन टिकटक प्लेटफर्मको प्रयोग बारे जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीलाई प्रशिक्षित गराइएको बताइएको छ ।

कार्यशालामा सहभागीले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र उत्पादन तथा सेवालाई रचनात्मक रूपमा प्रदर्शन गर्न सिकाइएको थियो । कार्यशालाले विशेषज्ञको नेतृत्वमा टिकटकमार्फत गर्न सकिने प्रवर्द्धनका विविध पक्षलाई समेट्ने सत्रहरूको शृंखला प्रस्तुत गरेको बताइएको छ । 

Read More