आन्तरिक अन्तशुल्क र भ्याटमा देखियो सुधार, ब्याज कर घट्यो


  • Himalayan Bank Limited (HBL)
आन्तरिक अन्तशुल्क र भ्याटमा देखियो सुधार, ब्याज कर घट्यो

आन्तरिक उत्पादनको अन्तशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) संकलन बढेको छ।

एकातर्फ समग्र आयात घटिरहेको कारण मागमा कमी आएको विश्‍लेषण गरिएकोमा आन्तरिक उत्पादन तथा आन्तरिक कारोबारमा संकलन हुने भ्याट अन्तशुल्कको वृद्धिदरले भने कारोबार बढेको संकेत गर्छ।

गत वर्ष समग्र कर १० प्रतिशतले बढेर पनि आन्तरिक उत्पादनबाट संकलन हुने अन्तशुल्क भने एक प्रतिशतले घटेको थियो। आन्तरिक राजस्व विभागका अधिकारीहरूका अनुसार विभागमा अन्य शीर्षकका करहरू विभिन्न कारणले घटे पनि अन्तशुल्क भने कहिल्यै घटेको थिएन।

Read More