ब्याज नअसुलेसम्म नियामकीय जगेडाबाट बैंकले लाभांश बाँड्न नपाउने


  • Himalayan Bank Limited (HBL)
ब्याज नअसुलेसम्म नियामकीय जगेडाबाट बैंकले लाभांश बाँड्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत २२ जेठमा जारी गरेको एक परिपत्रअनुसार बैंकहरूको आम्दानी बढ्ने भए पनि त्यसबाट उनीहरूले लाभांश वितरण गर्न भने नपाउने भएका छन् ।

राष्ट्र बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स (एनएफआरएस) अनुसार पाकेको ब्याज असुल नभए पनि त्यसलाई आम्दानी लेखांकन गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसअघि राष्ट्र बैंकले यसरी नउठेको ब्याजलाई आम्दानी जनाउँदै कर्मचारी बोनस र आयकर तिरेपछि बाँकी हुने रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने व्यवस्था गर्दै आएको थियो ।

Read More