निक्षेपको ब्याज दर घटेसँगै मुद्दती खातामा रकम राख्ने पनि घटे, बचतमा राख्ने भने बढे


  • Himalayan Bank Limited (HBL)
निक्षेपको ब्याज दर घटेसँगै मुद्दती खातामा रकम राख्ने पनि घटे, बचतमा राख्ने भने बढे

निक्षेपमा बैंक तथा वित्तीय संस्थाले दिने ब्याज दर घट्दै गएपछि मुद्दती निक्षेपको अंश पनि विस्तारै घट्न थालेको छ । मुद्दती निक्षेप (एफडी)को अंश घटे पनि बचत निक्षेपको अंश भने विस्तारै बढ्न थालेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसँगै बैंकहरुले ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अनुपात पनि घट्न थालेको हो । बचतकर्ताले ब्याजदर बढेको समयमा धेरै फाइदा लिनका लागि आफ्नो निक्षेपलाई मुद्दतीमा राख्ने गर्दथे । मु्द्दती निक्षेपमा रकम राख्नु भनेको जोखिमरहित प्रतिफल हो । तोकिएको समय व्यतित भएपछि तोकिएको प्रतिशतमा प्रतिफल सुनिश्चित हुने हुँदा वचतकर्ताहरु ब्याज दर उच्च हुँदा मुद्दती निक्षेपमा आकर्षित हुन्छन् । मुद्दती निक्षेपमा निश्चित समयसम्मको लागि अनिवार्य राख्नैपर्ने हुन्छ । तरलता अभाव चर्किदा बैंकहरुले मुद्दती निक्षेपमा साढे १२ प्रतिशतसम्म ब्याज दर अफर गरेका थिए भने अहिले त्यस्तो ब्याज दर ५० प्रतिशतले कतौती भएर औसत ६ प्रतिशतको हाराहारीमा छ ।

Read More