भदौमा बैंक बित्तिय संस्थाहरुले २० अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा बैंकमा नबिल, विकास बैंकमा मुक्तिनाथ र फाइनान्समा गुहेश्वरी मर्चेन्ट अगाडी रहेका छन्।
भदौ मसान्तमा कमर्शियल बैंकहरुले मात्रै १७ अर्ब ६९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा नबिल बैंक एक्लैले १ अर्ब ६६ करोड खुद मुनाफा आर्जन गरेको छ भने नबिललाई पछ्याएको ग्लोबल आइएमई बैंकले १ अर्ब ५६ करोड आर्जन गरेको छ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गरेर तेस्रो स्थानमा परेको छ भने हिमालयन र कुमारी बैकले उल्लेख्य प्रगरी गरेका छन्।


