अस्ट्रेलियाको बेरोजगारी दर सेप्टेम्बरमा ४.१ प्रतिशतमा स्थिर रहेको छ । अर्थव्यवस्थाले ५० हजार भन्दा बढी रोजगारी थपेसँगै बेरोजगारी ४.१ प्रतिशतमा स्थिर रहेको हो ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित आधिकारिक श्रम शक्ति डेटाले सेप्टेम्बरमा बेरोजगारी ४.१ प्रतिशत रहेको देखाएको छ । अर्थव्यवस्थाले अगस्ट र सेप्टेम्बरमा ६४ हजार एक सय जागिरहरू थपेको छ । जसमा ५१ हजार ६ सय पूर्ण–समय कामहरू समावेश छन् ।
इतिहासमा पहिलो पटक सेप्टेम्बरमा अस्ट्रेलियामा पूर्ण–समय काम गर्ने मानिसहरूको संख्या १० मिलियन नाघेको छ । रोजगारी–जनसङ्ख्या अनुपात अगस्टमा ६४.३ प्रतिशतबाट बढेर सेप्टेम्बरमा ६४.४ प्रतिशतको समान रेकर्ड उच्चमा पुगेको छ ।



