काठमाडौँ, कात्तिक ४ गते । अविरल वर्षाका कारण आएको बाढीपहिरोले दुग्ध क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । बाढीपहिरोले क्षति पुर्याएको ठाउँबाट डेरीसम्म दुध अझै आउन सकिरहेको छैन ।
कतिपय ठाउँमा गोठसहित गाईभैँसी पनि बगाएको छ भने कतिपय ठाउँमा डेरी उद्योगमा क्षति पुर्याएको छ । सडक, बाटोघाटो भत्काएका कारणले पनि दुग्ध क्षेत्रमा असर परेको डेरी उद्योगीहरूले बताएका छन् ।
नेपाल डेरी सङ्घका अनुसार बाढीपहिरोका कारण कम्तीमा दैनिक डेढ लाख लिटर दुध कम सङ्कलन भएको छ । देशभर औपचारिक बजारमा दैनिक ११–१२ लाख लिटर दुध सङ्कलन हुन्थ्यो, त्यसमध्ये अहिले डेढ लाख लिटर दुध कम भएको सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सङ्घ अन्तर्गत मात्र दैनिक पाँच लाख लिटर दुध सङ्कलन हुन्छ, त्यसमध्ये अहिले ५०–६० हजार लिटर कम भएको छ ।”


.jpg)
