ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पुर्याएको दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री खड्काले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुगेको दोलखास्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम साइड, पावर हाउस, सडक लगायतका भागमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री खड्काले अपर तामाकोशी जलविद्युत आयोजनामा क्षति पुग्दा राज्यले जलविद्युत क्षेत्रमा दैनिक ठूलो घाटा व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो यसलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताए।



