काठमाडौं । आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउन भन्दै नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी गरेपछि बैंक, वित्तीय संस्थाको कर्जा प्रवाह आयात र शेयर बजारमा बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो २ महीनामा बैंकहरूबाट ७३ अर्ब ३९ करोड अर्थात १ दशमलव ४ प्रतिशतले कर्जा विस्तार भएकोमा सबैभन्दा धेरै आयात र शेयर धितोमा केन्द्रित देखिएको छ । तर, अर्थतन्त्रको आधार मानिएको साना तथा मझौला उद्योगका साथै विपन्न वर्गमा जाने कर्जा विस्तार भने ऋणात्मक देखिएको छ ।



