झन्डै १९ लाख मेरो शेयर खाता निष्क्रिय


  • Himalayan Bank Limited (HBL)
झन्डै १९ लाख मेरो  शेयर खाता निष्क्रिय

काठमाडौं । अनलाइन प्लेटफर्ममार्फत धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको मेरो शेयर खाताको झन्डै १९ लाखओटा निष्क्रिय रहेको देखिएको छ । 

धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख ७९ हजार ६२ मेरो शेयर खाता निष्क्रिय अवस्थामा छन् ।

सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले दिएको जानकारीअनुसार कुल ५४ लाख ७३ जार २६५ ओटा मेरो शेयर खाता खोलिएकोमा ३५ लाख ९४ हजार २०३ ओटा मात्र सक्रिय छन् । यो संख्या वार्षिक रूपमा नवीकरण भएका खाताको भएको न्यौपानेले बताए । मेरो शेयर खाता सञ्चालनबापत वार्षिक  ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । 

Read More