१ कात्तिक, काठमाडौं । आतिथ्य सेवा बलमा अर्थतन्त्र तङ्ग्रँदै गर्दा निर्माण क्षेत्र भने अझै संकुचनमा रहेको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक (अन्तिम त्रैमास) को कुल गार्हस्थ उत्पादन (जीडीपी) सार्वजनिक गरेको छ । जस अनुसार अन्तिम त्रैमासमा अर्थतन्त्र २.१ प्रतिशतले विस्तार भएको देखिएको छ ।



