समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताले १५ दिनभित्र मागदाबी पेश गर्नु पर्ने


  • Himalayan Bank Limited (HBL)
समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताले १५ दिनभित्र मागदाबी पेश गर्नु पर्ने

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारी संस्थाका पीडित बचतकर्तालाई मागदाबी पेश गर्न १५ दिने सूचना जारी गरेको छ ।

समिति कार्यालयले सम्रस्याग्रस्त १० वटा सहकारीका पीडित बचतकर्तालाई छुट भएको मागदाबी पेश गर्न सूचना सार्वजनिक गरेको हो । समस्याग्रस्त संस्थाबाट पाउनु पर्ने रकम दाबी पेश गर्न अन्तिम पटक १५ दिने छुट दावीका लागि माैका दिएको समितिले जानकारी गराएको छ । दावी समितिको वेवसाईटमा गएर अनलाईन आवेदन पेश गर्न सकिने छ ।

समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी, तुलसी बहुमुखी सहकारी, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, गौतम श्री बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, श्री लालिगुँरास बहुउद्देश्यी सहकारी, गोरखा सेभि एण्ड क्रेडिट सहकारी, नेपाल सहकारी वित्तीय संस्था र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ संस्थाबाट पीडित बचतकर्ताहरुले माग दाबी गर्न सक्नेछन् ।

Read More