एक सातामा प्रधानमन्त्री उद्दार कोषमा थपियो १ करोड ४१ लाख सहयोग


  • Himalayan Bank Limited (HBL)
एक सातामा प्रधानमन्त्री उद्दार कोषमा थपियो १ करोड ४१ लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक सातामा १ अर्ब ४० करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । असोज २३ गतेदेखि बुधबारसम्म १ करोड ४० लाख ९५ हजार ४२५ रुपैयाँ जम्मा भएको हो ।

यो अवधिमा सहयोग गर्नेहरुमा साल्ट ट्रेडिङ कर्पोरेसन ६० लाख रुपैयाँ, गैरआवासीय नेपाली संघ ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी १० लाख रुपैयाँ, विद्युत् उत्पादक कम्पनीले ५ लाख ९६ हजार ७४५ रुपैयाँ, नेपाल प्रहरी श्रीमती संघ ५ लाख ५५ हजार रुपैयाँ, राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार ३८ रुपैयाँ छन् ।

Read More