जीडीपीको अनुपातमा राजस्व साढे २३ प्रतिशत पुर्‍याउने योजना


  • Himalayan Bank Limited (HBL)
जीडीपीको अनुपातमा राजस्व साढे २३ प्रतिशत पुर्‍याउने योजना

काठमाडौं । सरकारले आगामी ५ वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा राजस्व ह्वात्तै बढाउने लक्ष्य निर्धारण गरे पनि त्यो प्राप्त गर्न भने चुनौतीपूर्ण हुने विज्ञहरूले बताएका छन् । 

खासगरी कोरोना महामारी शुरू भएदेखि नै सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेकोे छैन । अर्थतन्त्रमा आएको शिथिलता र विगत २ वर्षमा आयातमा आएको कमीका कारण लक्ष्यअनुसार राजस्व उठाउन सरकारलाई सकस परेको हो ।

तर, सरकारले हालै जारी गरेको पञ्चवर्षीय मध्यमकालीन राजस्व परिचालन रणनीतिमा राजस्व–जीडीपी अनुपातलाई आर्थिक वर्ष (आव) २०८५/८६ को अन्त्यसम्म २३ दशमलव ५ प्रतिशत पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य राखिएको हो । गत आव २०८०/८१ को अन्त्यमा यस्तो अनुपात १८ दशमलव ६ प्रतिशत रहेको अर्थ मन्त्रालयले बताएको छ । पछिल्ला ३ वर्षमध्ये शुरूका २ वर्ष राजस्व–जीडीपी अनुपात घटेको र पछिल्लो वर्ष सामान्य सुधार भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

Read More