बाढी–पहिरो : साढे ७ अर्बको अनुमानमा पौने ४ अर्बको बिमा दाबी


  • Himalayan Bank Limited (HBL)
बाढी–पहिरो : साढे ७ अर्बको अनुमानमा पौने ४ अर्बको बिमा दाबी

काठमाडौं : गत असोज १० र ११ गते आएको बाढी र पहिरोका कारण ७ अर्ब ४० करोड बराबरको बिमा दाबी पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल बिमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कुल बिमा दाबी पर्न सक्ने संख्या २ हजार ५ सय ७६ छ। अविरल वर्षापछिको बाढी र पहिरोका कारण करिब १७ अर्ब रुपैयाँ क्षति भएको सरकारको प्रारम्भिक अनुमान रहेको छ।

प्राधिकरणका अनुसार ३ अर्ब ८१ करोड रुपैयाँकोे दाबी परिसकेको छ। कुल १८ बिमा कम्पनीमा १ हजार ३ सय ७४ संख्यामा यो रकम बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। जसमा सबैभन्दा बढी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँ दाबी परेको छ।

Read More