सहर बनाउन लगानी खोज्दै लुम्बिनी सरकार


  • Himalayan Bank Limited (HBL)
सहर बनाउन लगानी खोज्दै लुम्बिनी सरकार

दाङ : लुम्बिनी सरकारले प्रदेशको राजधानी सहर निर्माणका लागि लगानी खोज्ने भएको छ। सुन्दर र व्यवस्थित सहर निर्माण गर्न तयार पारिएको गुरु योजनाअनुसार राजधानी क्षेत्रको सहर बनाउन लगानी खोज्न लागिएको हो। 

लुम्बिनी प्रदेश सरकारले १ खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नदी सभ्यतामा आधारित नमुना सहर निर्माण गर्न लगानीको खोजी सुरु गरेको हो। पहिलो चरणमा २५ अर्ब बजेटको स्रोत सुनिश्चित गर्न सरकारले पहल थालेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। ‘राजधानी सहर निर्माणका लागि चाहिने स्रोतको खोजी भइरहेको छ’, मुख्यमन्त्री आचार्यले भने, ‘ऋण लिएर भए पनि जग्गा एकिकरण र शहर निर्माणको कामलाई तिब्रता दिने योजनामा प्रदेश सरकार छ। यसका लागि मुख्य गरी स्थानीय नागरिक, राजनीतिक दलहरू र जनप्रतिधिहरूको सामूहिक प्रतिबद्धता आवश्यक छ।’ उनीहरूको प्रतिबद्धता प्राप्त भएकै दिनबाट सरकारले ऋण प्राप्तिको प्रक्रिया थाल्ने मुख्यमन्त्री आचार्यले बताए। उनले भने, ‘प्रदेश सरकारको बजेटले राजधानी शहर निर्माण धान्न सक्दैन। संघ सरकारको बजेट पनि अपुग हुन्छ। यसका लागि दातृ निकायहरूको साथ र सहयोग अपरिहार्य छ। यहि कारण प्रदेश सरकार लगानी खोज्ने अभियानमा लागेको हो।’

Read More