माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आर्थिक सुधारको एजेन्डा घोषणा गर्दै विभिन्न मन्त्री र राजनीतिक नियुक्ति पाएका २२८ जनालाई हटाउने घोषणा गरेका छन् ।
राष्ट्रपति मुइज्जुले विभिन्न सरकारी मन्त्रालयका २ सय २८ राजनीतिक नियुक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको बताए ।
उनले भनेका छन्- 'यसमा ७ राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशकहरू समावेश छन् । यसले सरकारी बजेटबाट हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्स मुद्रा) बचत गर्नेछ ।'



