कैलाली : कैलालीको पहाडी चुरे गाउँपालिका–५ निङलाडीका ३० वर्षीय गोविन्द धामीको परिवार २०७० सालमा बझाङबाट बसाईं सर्यो। छ जना परिवारको पालनपोषणका लागि बझाङको हिमाली क्षेत्रमा पाइने यार्चागुम्बामा भर पर्नुपर्ने धामीको परिवार तरकारी खेतीबाट भइरहेको आम्दानी देखेर चुरेको निङलाडी झरेको हो। धामीको परिवार त्यहाँ आएदेखि नै तरकारी खेतीमा जमिरहेको छ। १२ रोपनी जग्गामा धामीले तरकारी फलाउँदै आएका छन्।



