धेरै लघुवित्तबाट ऋण लिन नपाइने राष्ट्र बैंकको नीति, लघुवित्तका सदस्य र ऋणीको संख्या घट्यो


  • Himalayan Bank Limited (HBL)
धेरै लघुवित्तबाट ऋण लिन नपाइने राष्ट्र बैंकको नीति, लघुवित्तका सदस्य र ऋणीको संख्या घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले ऋण लिन पाउने लघुवित्तको संख्या सीमित गरेपछि लघुवित्तका सदस्य तथा ऋणीको संख्या घट्न थालेको छ । लघुवित्तमा समस्या देखिन थालेपछि राष्ट्र बैंकले २०७९ कात्तिकमा एउटा मात्र संस्थाबाट ऋण लिने पाउने र लघुवित्तबाट ऋण लिएकाले वाणिज्य बैंक र वित्तीय संस्थाबाट लिन नपाउने व्यवस्था गरेको थियो । 

उक्त प्रावधानमा थोरै लचिलो बन्दै राष्ट्र बैंकले २०८१ साउन दोस्रो साता निर्देशन जारी गर्दै दुई ओटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थाको असर लघुवित्तका सदस्य र ऋणीको संख्यामा देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असारसम्ममा लघुवित्त वित्तीय संस्थामा कुल सदस्य संख्या ६० लाख १६ हजार रहेकोमा २०८१ असारसम्ममा ५९ लाख ९५ हजारमा झरेको छ । सदस्यहरूमा निक्षेपकर्ता र ऋण लिने ग्राहक दुवै पर्छन् । सोही अवधिमा लघुवित्तबाट ऋण लिनेको संख्या पनि २९ लाख ८४ हजारबाट २९ लाख ६४ हजारमा झरेको छ ।

Read More