रतन टाटाले गरेका थिए डुबेका कम्पनी किन्ने साहसिक निर्णय
नयाँ दिल्ली । भारतीय व्यावसायिक घराना टाटा समूहमा धेरै कम्पनी छन् जसको उपस्थिति र पकड भारत र दक्षिण एसियामा मात्रै नभएर विश्वभर छ । उक्त समूहको संस्थापक र आजीवन अध्यक्ष रहेका रतन टाटाको परोपकारी र सरल जीवनको बारेमा सबैले सुनिरहेकै हौँ । उनी यति परोपकारी थिए कि उनले आफ्नो आधा भन्दा बढी सम्पत्ति दान गरे ।
उनको व्यक्तिगत उपलब्धि त छँदैछ । शून्यबाट सुरु भएको उनको व्यावसायिक जीवनलाई टाटा समूहको नाममा यस्तो ठाउँमा पुर्याए जहाँ जोकोहीलाई सम्भव थिएन ।आज हामी यस्ता ७ कम्पनीको बारेमा उल्लेख गर्दैछौँ, जसलाई रतन टाटाले शून्यबाट शिखरमा पुर्याएका थिए । टाट पल्टिने अवस्थामा रहेका ती कम्पनीलाई उनले यो अवस्थाबाट जोगाएनन् मात्रै बरु संसारमै गनिने कम्पनीको रूपमा परिणत गराएका थिए ।
१. बिग बास्केट
टाटा समूहले २०२१ मा ‘बिग बास्केट’ नामक कम्पनी किनेको थियो । उक्त कम्पनीलाई टाटा समूले भारतकै सबैभन्दा ठुलो किराना सामानको बिक्रेता कम्पनी बनाएको थियो । ...



