काठमाडौं : पाकिस्तानको सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसइ १००’ अक्टोबर ८ मा यो समाचार तयार पार्दै गर्दा (२ बजे) ८५ हजार ४४६ विन्दुमा पुगेको ट्रेडिङ इकोनोमिक्सले जनाएको छ । पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्थिक उद्धार कार्यक्रम अन्तर्गत करिब ४० प्रतिशत कर वृद्धि गरेपछि व्यापक विरोध प्रदर्शन सुरु भएको छ ।
सरकारले बजेट घाटा घटाउन र आर्थिक स्थायित्व कायम गर्न कर वृद्धिको उपाय अवलम्बन गरेको हो । यसले देशभरी महँगी बढाएको छ । जसमा पेट्रोलियम उत्पादन, खाद्यान्न र दैनिक आवश्यकताका वस्तुहरुको मूल्यवृद्धि भएको बिजनेस स्टान्डर्डले जनाएको छ । तर, यता सेयर बजार भने नयाँ हाईमा पुगेको छ ।





