कर्णालीका ४ सयभन्दा बढी उद्योग खारेज


  • Himalayan Bank Limited (HBL)
कर्णालीका ४ सयभन्दा बढी उद्योग खारेज

वीरेन्द्रनगर — कर्णालीका ४ सयभन्दा बढी उद्योग खारेज भएका छन् । कर्णालीका १० जिल्लाका ४ सय १० वटा उद्योग खारेज भएको कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयले जनाएको हो । गत आर्थिक वर्षमा ४ सय १० वटा उद्योगहरू खारेज गरिएको थियो । 

आर्थिक वर्ष ०८०/०८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा सबैभन्दा धेरै उद्योग खारेज भएका छन् । सुर्खेतका १ सय ६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटका २८/२८, रुकुम पश्चिमका २२, हुम्लाका ७ र मुगुका ६ वटा उद्योग खारेज भएको निर्देशनालयको भनाइ छ । डोल्पामा भने उद्योग खारेज भएका छैनन् ।

Read More