बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत


  • Himalayan Bank Limited (HBL)
बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत

काठमाडौं : बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो।

भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह सहभागी थिए। 

Read More