वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु १७ करोड ११ लाख ८० हजार मूल्य बराबरकोे क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिेए ।
श्रेष्ठका अनुसार ४८ हजार नौ हेक्टरमा लगाइएको धानबालीमध्ये नौ सय ३५ हेक्टरको धान नष्ट हुँदा रु आठ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी पाँच सय १० हेक्टरमा लगाइएको केरा खेती जसमा ३८ दशमलव २५ हेक्टर नष्ट हुँदा रु ३७ लाख मूल्य बराबरको क्षति भएको छ । सागसब्जी तरकारी आठ हजार एक सय ५३ हेक्टरमा लगाइएकामा तीन सय ५४ हेक्टर नष्ट हुँदा रु चार करोड ५२ लाख बराबरको क्षति भएको छ ।


