बंगलादेश हुँदै अन्य देशमा बिजुली निर्यात गर्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
बंगलादेश हुँदै अन्य देशमा बिजुली निर्यात गर्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब बंगलादेश हुँदै अन्य देशमा पनि बिजुली निर्यात गर्ने गरी काम गर्नुपर्ने बताएका छन् । प्रक्रियागत ढिलाइ र नीतिगत अस्पष्टताका कारण तोकिएको समयमा लक्ष्य हासिल नहुने र लागत बढ्ने स्थिति अन्त्य गर्न उनले निर्देशन दिए ।

सोमबार ऊर्जा विकास कार्ययोजनाबारे मन्त्री र उच्च अधिकारीहरूसँग छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन बढ्दो रहेको स्थितिमा विद्युत् व्यापारमा विविधिकरण गर्दै बंगलादेशमा बिजुली निर्यात गर्न भारतको डेडिकेटेड ट्रान्समिटर लाइन बनाउने र बंगलादेश हुँदै अरु मुलुकमा पनि निर्यात गराउने गरी लाग्न आग्रह गरे ।

Read More