काठमाडौं : नेपाल वायुसेवा निगमको ए३२० जहाजले भैरहवाका लागि उडान गर्ने भएको छ। बाढी पहिरोले काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरूलाई प्रभावित बनाएपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको हो।
निगमका प्रवक्ता रमेश पौडेलले फूलपातीका दिन उक्त जहाजले भैरहवा उडानका लागि अनुमति पाएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको निर्देशनपछि निगमले आन्तरिक उडाउन गर्न तयार भएको हो।
प्रवक्ता पौडेलेका अनुसार उक्त जहाजले फूलपातीका दिन बिहीबार विहान ११ बजे भैरहवा उडान गर्नेछ। सोही दिन १२:३० बजे भैरहवाबाट काठमाडौं उडान गर्ने निगमले जनाएको छ।



