सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज असोज २१ गते सम्पन्न भएको छ।
सभाले अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । त्यस्तै, बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र त्यसका लागि आवश्यक कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ।





