सानिमा लिमिटेडको ७५.७४ प्रतिशत नगद लाभांश घोषणा, आइपीओ पनि जारी गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सानिमा लिमिटेडको ७५.७४ प्रतिशत नगद लाभांश घोषणा, आइपीओ पनि जारी गर्ने

काठमाडौं : सानिमा लिमिटेडले आइपीओ प्रस्तावसहित कात्तिक १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् । 

Read More