६ दिनमा राष्ट्र बैंकबाट झण्डै दुई हजारले साटे ‘सुकिला नोट’


  • Himalayan Bank Limited (HBL)
६ दिनमा राष्ट्र बैंकबाट झण्डै दुई हजारले साटे ‘सुकिला नोट’

काठमाडौँ । ६ दिनमा झण्डै दुई हजार जनाले ‘सुकिला नोट’को सटही गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज १३ गतेदेखि आइतबारसम्म सो संख्यामा सर्वसाधारणले नोट सहटी गरेका हुन् ।

यसमध्ये गत साता कार्यालय खुलेको पाँच दिनमा  एक हजार ४९९ जनाले ‘सुकिला नोट’ सहटी गरेको राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए । राष्ट्र बैंकले असोज १३ गते आइतबारदेखि सुकिला नोटको सटही गर्दै आएको छ । शुक्रबारसम्म कार्यालय खुलेको पाँच दिनमा सो संख्या र परिमाणमा नोट साटिएको हो । यसमध्ये आइतबार २३५ जना, सोमबार दिन २८५ जना, मंगलबार दिन २७० जना, बुधबार दिन ३९० जना र शुक्रबार ३१९ जनाले नोट सटही गरेका थिए ।

Read More