वीरगञ्ज । पर्सा अनुचित लेनदेन (मिटरब्याज) का विवाद मिलाउने मधेशमै अग्रणी जिल्ला बनेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले हालसम्म अनुचित लेनदेनका १ हजार १ सय ८१ ओटा उजुरी फछ्र्यौट गरिएको जनाएको छ ।
स्थानीय जिल्ला प्रशासन कार्यालयबाट कारवाहीका लागि पठाइएका र प्रहरीमा परेका उजुरीहरूको छानविन गरी टुंगो लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नावय उपरिक्षक दीपक भारतीले बताए । प्रहरी नायव उपरीक्षक भारतीका अनुसार यही असोज १६ गतेसम्ममा २ हजार २०७ ओटा उजुरी दर्ता भएका थिए । तीमध्ये अधिकांश जिल्ला प्रशासन कार्यालयमार्फत कारवाहीका लागि पठाइएका छन् । प्रशासनबाट आएका उजुरीको संख्या १ हजार ६६२ हुँदा प्रहरीमा सोझै दर्ता हुन आएका संख्या ५४५ रहेको छ ।


.jpg)
