काठमाडौं : सेयर बजारका लगानीकर्ताहरुले आज (असोज २० गते) आइतबारदेखि नयाँ टीएमएस प्रयोग गरी सेयर कारोबार गर्न पाउने भएका छन् । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आजदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेको हो । अरु ब्रोकर कम्पनीहरु पनि विस्तारै नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारीमा रहेका छन् ।
नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जानकारी दिइएको छ । यसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ ।





