बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी


  • Himalayan Bank Limited (HBL)
बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी

काठमाडौँ — सरकारले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । गत शुक्रबार र शनिबार(असोज ११ र १२ गते) को अविरल वर्षाले देशको विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । 

२ सय २९ जनाको मृत्यु भएको छ । कयौं अझै बेपत्ता छन् । सयौं परिवार घरबारविहीन हुन पुगेका छन् । बाढी र पहिरोले बढी प्रभावित क्षेत्रमा तीब्र गतिमा राहत, उद्दार तथा पुनर्निमाणको कार्य गर्न सरकारले ती क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्रका रूपमा तोक्न लागेको हो ।

Read More