बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न उद्योगमन्त्रीको आग्रह


  • Himalayan Bank Limited (HBL)
बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न उद्योगमन्त्रीको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री भण्डारीले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह समेत गरेका छन् । 

घ्यू तेल उत्पादक सङ्घका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई  मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको हो । अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र जलवायु परिवर्तनका कारण मूल्य वृद्धिको अवस्था आएको मन्त्री भण्डारीसमक्ष जानकारी गराए ।

Read More