फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया


  • Himalayan Bank Limited (HBL)
फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकिएको छ।

पहिले छानिएर अन्तर्वार्ता दिन बाँकी सदस्यलाई फेरि पनि अन्तरवार्ता दिन बोलाइएको थियो। तर, शुक्रबार बोलाइएको कार्ययोजना प्रस्तुति र अन्तरवार्तामा फेरि पनि तीनै सदस्य उपस्थित भएनन्।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतिको लागि बोलाइएको थियो।

यसअघि पनि उनीहरू अनुपस्थित हुँदै आएका थिए। शुक्रबार अध्यक्ष सिफारिस समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी पनि उपस्थित थिएनन्।

Read More