पूर्वी तराईलाई जोड्ने छोटो दुरीको वीपी राजमार्ग दशैंअघि नखुल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्द विपी राजमार्ग दशैंअघि नखुल्ने बताएको हो।
मन्त्रालयका सचिव केशव कुमार शर्माले पूर्वी तराईलाई जोड्ने छोटो दुरीको यो सडक मार्ग तत्काल खुल्न नसक्ने प्रष्ट पारेका हुन्। मन्त्रालयको टोलिले स्थलगत अवलोकन गरेर आएको भन्दै सचिव शर्माले दशैंअघि विपी राजमार्ग खुल्ने सम्भावना नरहेको बताए।


