नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि आवेदन दिएकामध्ये तीन जनाको अन्तर्वार्ता आज शुक्रबार हुँदैछ।
बोर्ड अध्यक्ष सिफारिस समितिले गत साता मात्र सार्वजनिक सूचना जारी गरेर कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिने जनाएको थियो।
अर्थ मन्त्रालयमा अन्तर्वार्ता लिइँदैछ।



