नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत्‌ बिक्री सम्झौता


  • Himalayan Bank Limited (HBL)
नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत्‌ बिक्री सम्झौता

काठमाडौँ — नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल, भारत र बंगलादेशबीच बिजुली बिक्री गर्न ऐतिहासिक सम्झौता भएसँगै नेपाललाई तेस्राे मुलुकमा बिजुली बेच्ने बाटो खुलेको छ ।   

त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेणु नाराङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरे ।

Read More