काठमाडौं : भारत सरकारले भारतको सिलिगुडीदेखि नेपालको झापा चारआली र अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निमार्ण गरिदिने भएको छ । करिब १५ अर्ब रुपैयाँ लागत रहेको पाइपलाइन निर्माणका लागि बिहीबार नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सम्झौता भएको छ ।
एनओसीका प्रबन्ध निर्देशक चण्डिका भट्ट र आइओसीका तर्फबाट पाइपलाइन आयोजनाका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताका अवसरमा भारत पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सचिव पंकज जैन र आईओसीका अध्यक्ष भी सतिषकुमार पनि उपस्थित थिए।



